Skip to content
Home » Blog » Gen-z Movement र अबको बाटो

Gen-z Movement र अबको बाटो

Spread the love

Gen-z Movement Nepal

हामिले यो लेखमा Gen-Z Movement को बारेमा दुई भागमा कुरा गर्ने छौँ।

पहिलो भागमा:

  • Gen-Z Movement भनेको के हो?
  • यसको सुरुवात कसरी भयो?
  • यसको नेतृत्व कसले गरिरहेको छ?
  • यसको मुख्य मागहरू के-के हुन्?

भन्ने विषयमा चर्चा गर्नेछौँ।

दोस्रो भागमा:

  • अहिले हामी कहाँ छौँ?
  • यो आन्दोलनपछि बाटो के हो?

भन्ने दिशामा विश्लेषण गर्नेछौँ।

भाग – १

Gen-z Movement भनेको के हो ?

यो कुनै पनि नेता वा कुनै पनि एउटा विचारको बलमा चलेको औपचारिक आन्दोलन होइन । यो स्वत विकसित भएको विकेन्द्रीकृत डिजिटल आधारित सामाजिक चेतनाको लहर हो ।

सुरुवात कसरी भयो ?

Gen-z Movement को सुरुवात २०१० को दशकको अन्त्य तिरबाट भएको थियो । पहिलो पटक २०१९ मा “लोकतन्त्रको लागी युवा आन्दोलन” को नारा सहित हङ्कङबाट सुरुवात भएको थियो । पछी २०२० मा थाइल्यन्डमा “Milk Tea Alliance” यस्तै प्रकारको आन्दोलनले निरन्तरता पाएको थियो । यस्तै २०२०-२०२१ मा “Black Lives Matters” मा ब्यापक Gen-z को सहभागिता भएको थियो । २०२४ सम्म आइपुग्दा भ्रष्ट्चार, कर, शिक्षा, बेरोजगारी जस्ता मुद्दा केन्द्रीत आन्दोलनले बिभिन्न देशमा युवा आन्दोलनको निरन्तरता पाएको थियो । यो २०२५ सम्म आइपुग्दा यो आन्दोलन अरु देशमा पनि फैलिरहेको छ । यती भन्दै गर्दा यो भन्दा अगाडी यस्ता युवा केन्द्रीत आन्दोलन नभएका होईनन जस्तै: Arab Spring, Umbrella Revolution तर ती आन्दोलनहरूको नेतृत्व स्पष्ट थियो। तर २०१९ पछिका आन्दोलन कुनै पनि औपचारिक नेतृत्व नभएका आन्दोलन हुन ।

नेतृत्व कसले गरिरहेको छ ?

यो कुनै पनि नेता वा कुनै पनि एउटा विचारको बलमा चलेको औपचारिक आन्दोलन होइन । यो स्वत विकसित भएको विकेन्द्रीकृत डिजिटल आधारित सामाजिक चेतनाको लहर हो । त्यसैले यो एक ग्लोबल ट्रेन्ड हो । विभिन्न देशको युवाहरुले डिजिटल प्लेटफर्ममा एक अर्काबाट आन्दोलनका तरिका, रणनीति सिकेर आन्दोलन गरिरहेका छन र यसमा कोही औपचारिक नेता वा नेतृत्व हुँदैन ।

आन्दोलनका मागहरु के के हुन?

आन्दोलनका मागहरु देश अनुसार फरक तर मिल्दोजुल्दो छन । विशेषगरी यो आन्दोलनमा उठेका मागहरु:

  • आधारभूत सेवा र अवसरको सुनिश्चितता
  • जवाफदेहिता र पारदर्शिता
  • आर्थिक न्याय र रोजगारी
  • समानता, अधिकार र सामाजिक न्याय
  • युवा नेतृत्व र राजनीतिक सहभागिता

भाग – २ 

हामी कहाँ छौ ?

२०१९ मा सुरु भएको आन्दोलन २०२५ सम्म आइपुग्दा ९ वटा देशमा फैलिसकेको छ र यो क्रम अझै जारी छ । यो एउटा ग्लोबल ट्रेन्ड बनिरहेको छ । नेपालमा पनि यही भदौ २३-२४ गते देशब्यापी रुपमा सुरु भएको आन्दोलनले नेपाल सरकार विघाटन गराउदै नयाँ चुनावी सरकार गठन गरी चुनावको मिती तय गरिसकेको छ । तर सरकार गठनलाई छुट्टै राखेर अन्य कुरा हेर्ने हो भने यो युवा आन्दोलनको अवस्था कस्तो छ बन्ने कुरामा स्वयम आन्दोलनकारी पनि अन्योलमा रहेको स्पष्ट देखिन्छ ।  मुख्यतय २ वटा मागहरु: भ्रष्टचारको अन्त्य, युवा नेतृत्व र राजनीतिक सहभागिताबाट सुरु भएको आन्दोलन मागहरु के के हुन भन्ने कुरामा झान धेरै तरलता देखिरहेको छ । न नेता छ न नेतृत्व । यो आन्दोलन पछी युवाहरुको धेरै प्रकारको धार बनिरहेको हुँदा आन्दोलनकारीमा अन्योलता बढिरहेको छ ।

अब के ?

Gen-Z Movement लाई भविष्यतर्फ हेर्दा स्पष्ट चुनौती र अवसर समानान्तर रूपमा देखिन्छन्। आन्दोलन सफल होस् भन्ने हो भने ती दुवै दिशालाई बुझेर अगाडि बढ्न आवश्यक छ।

१) चुनौतीहरु

१. नेतृत्वको अस्पष्टता

यो आन्दोलन नेतृत्वविहीन भएर बलियो भएको हो तर दीर्घकालीन समाधान ल्याउन नेतृत्वविहीनता नै कमजोरी बन्दैछ। भोलि “मागहरू कसले प्रतिनिधित्व गर्छ?” भन्ने प्रश्न उठिरहन्छ। नेतृत्वका फरक – फरक धारहरु बनिरहने हो भने भोलिको दिनमा जनता अन्योलमा हुने मात्र होइन सबै धारहरु आपसी विवाद हुदा आन्दोलनको औचित्य माथी प्रश्न उठ्न सक्छ।

२. एकीकृत एजेन्डाको अभाव

भ्रष्टाचार, अवसर, समानता जस्ता सबै मुद्दा जायज छन तर “पहिलो प्राथमिकता के?” भन्ने स्पष्ट नहुँदा आन्दोलनको उर्जा एकीकृत नहुने र समग्र आन्दोलन नै कमजोर हुन सक्छ।

३. डिजिटल-हाइप vs वास्तविक परिणाम

अनलाइन एक दिनमा ट्रेन्ड बन्छ, भोलिपल्ट हराउँछ। आन्दोलन दीर्घकालीन रहन ठोस नीति निर्माणका लागि संस्थागत संरचना अपरिहार्य हुन्छ।

२) अवसरहरु

१. नयाँ राजनीतिक चेतनाको निर्माण

Gen-Z ले पुरानो राजनीतिक संस्कृतिमा नयाँ मान्यता – जवाफदेहिता, पारदर्शिता, सेवा प्रभाह – जस्ता मूल्यहरू मजबुत बनाइरहेको छ।

२. विकेन्द्रीकृत तर प्रभावकारी चेन-रिएक्शन

थाइल्याण्ड, ताइवान, हङ्कङ, अमेरिका, श्रीलंका जस्ता देशमा देखा परेको समान समस्या–समान प्रतिक्रिया मोडेल अब नेपालमा पनि दोहोरिएको छ। यसले ग्लोबल ट्रेन्ड्सलाई निरन्तरता दिन्छ।

३. नयाँ नेतृत्व उदाउने सम्भावना

नेतृत्व आजै नदेखिए पनि यही वातावरणले भोलिका योग्य, पारदर्शी, निडर युवा नेतृत्व जन्माउने निश्चित छ।

चुनौती र अवसरको बिचमा अब के गर्नु पर्छ त ?

  1. नेतृत्वको अस्पष्टता लाई सबै भन्दा पहिला समाधन गर्नुपर्छ । यसको लागी बिभिन्न मोडेलमा कुरा गर्न सकिन्छ तर अहिलेको लागी एक जना नेता नतोकेर “साझा संयोजक संरचना” मा जादा उचित हुन्छ । ति साझा संयोजकहरुले आन्दोलनका मागहरूको दस्तावेज बनाओस, सरकार तथा आयोगसँग वार्ताका लागि प्रतिनिधित्व गरोस, र छलफलका सुचनाहरु जनाताको बिचमा पुर्‍याउनु पर्छ ।
  2. साझा संयोजक संरचनाको पुर्णतापछिको मुख्य काम मागहरूलाई प्राथमिकतामा विभाजन गर्नु पर्छ । त्यस्को लागी तत्कालिन चुनावी सरकारले पुरा गर्न सक्ने मागहरु के के हुन र दिर्घकालिन मागहरु जुन चुनाव पछिको सरकारले मात्र गर्न सक्छ, त्यस्ता मागहरुको बिभाजन गर्नुपर्छ । जस्ले गर्द आन्दोलनलाई दिशाहीन बनाउन दिदैन ।
  3. तत्कालको सरकारले गर्न सक्ने मागहरु त तत्काल पुरा होलान तर चुनाव पछिको सरकारले मात्र पुरा गर्न सक्ने मागहरुको बारेमा पनि छुट्टै रणनिती बनाउनु पर्छ । चुनाव पछी आउने सरकार भनेको जनाताले अनुमोदन गरेको सरकार हुनेछ र त्यो सरकारलाई अहिलेको आन्दोलनको मागहरु सम्बोधन गर्नु पर्ने बाध्यता नहुन सक्छ । यो बिन्दु नै अहिलेको आन्दोलनको मुख्य चुनौती हो। यसको लागी यो आन्दोलन को नेतृत्व गर्नेहरु निकै नै चलाख हुनु जरुरी छ । यो बिन्दुको सही व्यवस्थापन गर्न सकेको खण्डमा मात्र Gen-z आन्दोलनले सार्थकता पाउने छ र अहिलेका सहिदहरुले न्याय पाउने छन ।

चुनाव पछीको अवस्थालाई कसरी व्यवस्थापन गर्ने र रणनिती के बनाउन सकिन्छ ? 

चुनाव पछि आउने सरकार जनताले अनुमोदन गरेको सरकार हुन्छ। त्यसैले त्यो सरकारले अहिलेको आन्दोलनका मागहरू पूरा गर्नैपर्छ भन्ने बाध्यता कानूनी रूपमा हुँदैन। यतिनै कारणले Gen-Z Movement को सबैभन्दा ठूलो चुनौती ‘‘चुनाव पछिको निरन्तरता’’ हो। भोलिको सरकारले आन्दोलनका एजेन्डा बेवास्ता गरे आन्दोलन कमजोर पर्न सक्छ। त्यसैले संगठित र दीर्घकालीन रणनीति आवश्यक छ । 

यो पुरा गर्ने सबै भन्दा उत्तम उपाए भनेको चुनावमा सहभागएए भएर बहुमत सहित आफ्नै सरकार गठन गर्दै आफ्ना मागहरु आफैले पुरा गर्नु हो तर यो कुराको सम्भावना निकै कम छ । त्यसैले हामिले यो भन्दा भिन्न रणनिती बनाउनु पर्ने बाध्यता छ । त्यस्को लागी आफ्ना बिचार मिल्ने र बिचारलाई बोक्न सक्ने पार्टी र युवा नेतृत्वसँग मिलेर त्यही अनुसार रणनिती बनाउनु राम्रो हुने छ । जस्तै: 

  1. साझा संयोजकहरुले आन्दोलनका मुख्य मागहरु तिनको यथार्थपरक कार्यान्वयन विधि र समयसीमा समेटिएको दस्तावेज तयार पार्नुपर्छ। 
  2. तयार गरिएका मागहरु सम्पुर्ण मुख्य राजनितिक दलहरुसँग बर्ताको मध्यमबाट सम्झैता गर्नु पर्ने छ । निर्वाचन सम्पन्न भएपश्चात् पनि ती मागहरू सम्बोधन गर्न वा कार्यान्वयन गर्न तत्पर रहने दल वा नेतृत्वसँग लिखित प्रतिबद्धता गराउनु आवश्यक छ।  
  3. कुनै पनि पार्टी व उम्मेदवारहरूलाई युवा एजेन्डा माने-नमानेको सार्वजनिक रुपमा घोषणा गराउनु पर्छ । त्यही अनुसार आउदो चुनावमा कसलाई समर्थन गर्ने-नगर्ने निर्धारण गर्नुपर्छ । त्यही अनुसार हरेक नागरिक लाई सु-शिक्षित गर्दै भोट हाल्ने बेलामा जनातालाई जिम्बेवार बनाउन भूमिका खेल्नु पर्छ ।
  4. निर्वाचन सम्पन्न भएपछि, साझा संयोजक टोलीले सरकारलाई जवाफदेही बनाउने र प्रतिबद्धता पालना नभएमा शान्तिपूर्ण विरोध प्रदर्शनहरू जारी राख्दै जनतालाई निरन्तर शिक्षित र सुसूचित गरिरहनु पर्छ।

अन्त्यमा:

आन्दोलनका अगुवाहरू तथा सम्पूर्ण नेपाली नागरिकले आवेशलाई त्यागेर संयम र गम्भीर जिम्मेवारी ग्रहण गर्ने बेला आएको छ। आन्दोलनको औचित्य प्रमाणित गर्न पनि हामीले जिम्मेवारीपूर्वक मतदान गर्नु पर्छ। हाम्रो एक भोटले राष्ट्रलाई अगाडि लैजाने वा पछाडि धकेल्ने इतिहास लेख्नेछ। हामीले आफैँलाई र देशलाई सम्हाल्दै भोलिका सन्तानलाई समृद्ध राष्ट्र सुम्पिनुपर्छ। यसका लागि, आन्दोलनको नेतृत्व गर्ने अगुवाहरू सबैभन्दा बढी जवाफदेही हुनुपर्छ र जनतालाई सही जानकारी प्रदान गर्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्दछ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *